हेटौंडा, २७ पुस/नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले राजधानी हेटौँडा र नामकरण बागमती कायम गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

संचारमाध्यममार्फत उनले प्रत्यक्ष र अप्रत्यक्ष भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले अन्ततः राजधानी हेटौँडा र नामकरण बाग्मति कायम भएको भन्दै प्रदेशसभामा आइतबार भएको मतदानले हेटौँडा राजधानी राख्ने मन र मनसाय सबैको रहेछ भन्ने प्रष्ट भएको समेत जनाएका छन् । उनले राजधानी हेटौँडा र नाम बागमती सबैको साझा भएको जनाएका छन् । 

नेता बानियाँले यो निर्णयसम्म आईपुग्दा २ बर्ष अघि प्रदेशको अस्थायी राजधानी हेटौँडा तोक्ने तत्कालिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति आदरणीय शेरबहादुर देउवा नेतृत्वको सरकार, राजधानीलाई स्थायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने माननीय मूख्यमन्त्री डोरमणी पौडेल, मतदानमा सहभागी हुने प्रदेशसभा सदस्यहरु र यसमा प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग गर्ने मकवानपुरबासीसहित प्रदेशबासीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले अभार व्यक्त गरेको जनाएका छन् । उनले अबको यात्रा प्रदेश विकासको हुने र यसका लागि सबैको सहमति, सहकार्य र एकताको शुभकामना समेत व्यक्त गरेका छन् ।

यसैगरी नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति बिष्णुप्रसाद लामिछानेले पनि विज्ञप्ति जारी गर्दै अधिकतम सहमतिमा दुई तिहाई बढि मतले राजधानी हेटौँडा र नामकरण बागमती कायम भएकोमा स्वागत गर्दै प्रदेशसभा सदस्यहरु र राजनैतिक दलहरुप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here