हेटौंडा, २७ पुस/३ नम्बर प्रदेशको राजधानी हेटौंडा र नाम बाग्मती बागमती पारित भएको छ।

३ नम्बर प्रदेशको राजधानी हेटौंडा र नाम बाग्मतीका लागि आइतबार भएको मतदानमा राजधानी हेटौंडा र नाम बाग्मती बागमती पारित भएको हो ।

स्थायी राजधानीका लागि काभ्रे र हेटौंडाको प्रस्ताव दर्ता भएपछि आइतबार भएको मतदानमा हेटौंडाको पक्षमा १०५ मत परेको छ ।

त्यसैगरी काभ्रेको पक्षमा ३ जनाले मतदान गरेका थिए।  १०८ जना प्रदेश सदस्यहरु सहभागी रहेकोमा नेकपा, नेपाली कांग्रेस, नेमकिपा, राप्रपा संयुक्त, राप्रपाका १०५ जना सदस्यले हेटौंडाको पक्षमा र विवेकशिलका रमेश पौडेल, बिराजभक्त  श्रेष्ठ र शोभा शाक्यले काभ्रेको पक्षमा मतदान गरेका थिए ।

बाग्मती नामाकरण लागि १०८ मत परेसंगै प्रदेश ३ को नामाकरण बाग्मती कायम भएको छ। ११० जना मध्य १०८ जनाले बाग्मतीको पक्षमा मतदान गरेका थिए भने विपक्षमा सुन्य मत परेको थियो।

दुवै मतदान प्रक्रियामा स्वतन्त्र संसद प्रेम तामाङ उपस्थितीे रहेका थिएनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here