हेटौंडा, २६ पुस/ नम्बर प्रदेशसभामा प्रदेशको राजधानी र नामकरणसम्बन्धी छलफल शनिबार सकिएको छ । बैठकमा संसदमा रहेका दलका सांसद र स्वतन्त्र सांसदले दुबै प्रस्तावबारे आफ्नो धारणा राखेका हुन् ।

शनिबार नै प्रदेशको राजधानी मकवानपुरको हेटौंडाको प्रस्तावक नेकपा संसदीय दलका नेता एवं मूख्यमन्त्री पौडेल, समर्थकमा कांग्रेस संसदीय दलका नेता, राप्रपा संयुक्तबाट रिना गुरूङ र राप्रपाका रिना माझी रहेको प्रस्ताव दर्ता गरिएको थियो ।

त्यस्तै, काभ्रेको धुलिखेलको प्रस्तावक विवेकशील रमेश पौड्याल, समर्थकमा बिराजभक्त श्रेष्ठ र शोभा शाक्य रहेको प्रस्ताव दर्ता भएको थियो । 

प्रदेशको राजधानी बागमतीको प्रस्तावक कांग्रेस संसदीय दलका नेता बानियाँ, समर्थक नेकपाका प्रमुख सचेतक रामेश्वर फुँयाल, राप्रपा संयुक्तका रिना गुरूङ, राप्रपाका रिता माझी, विवेशिल साझाका रमेश पौड्याल र शोभा शाक्य रहेको प्रस्ताव दर्ता भएको थियो । दर्ता भएका प्रस्तावमाथि आईतबार मतदान हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here