हेटौंडा, २६ पुस/३ नम्बर प्रदेशको नामकरणमा नेपाली कांग्रेसले राखेको बागमती नामको प्रस्ताव सर्वसम्मत भएको छ ।

नाम दर्ता गर्न दिईएको समयभित्र नामाकरणमा बागमती मात्रै प्रस्ताव परेको हो । बागमतीको नामको प्रस्तावक कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, समर्थक नेकपाका प्रमुख सेचतक रामेश्वर फुँयाल, राप्रपा संयुक्तबाट रिना गुरूङ, राप्रपाका रिता माझी, विवेशिल साझाका रमेश पौड्याल र शोभा शाक्य रहेका छन् ।

प्राप्त प्रस्तावमाथि आईतबार मतदान हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here