हेटौँडा, २४ पुस/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–३ संसदीय दलको विहिबार बसेको बैठक विना निष्कर्ष टुंगिएको छ ।

३ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरणको टुंगो लगाउन मूख्यमन्त्रीको सरकारी निवास हेटौँडामा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । बैठक शुक्रबार विहान ११ बजे बस्ने भएको छ । बैठकमा सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए । प्रदेश संसदीय दलभित्र रहेका केन्द्रीय नेतृत्व र नेकपा ३ नम्बर प्रदेशका नेतृत्वबीच थप छलफल गर्ने भन्दै बैठक स्थिगित भएको मूख्य सचेतक रामेश्वर फुँयालले बताए ।

बैठकमा संसदीय दलका नेता डोरमणी पौडेल, उपनेता एवं आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, मन्त्रीहरु, सांसद एवं नेकपा ३ नम्बर प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सह–इन्चार्ज काशीनाथ अधिकारी लगायतको सहभागिता रहेको छ । 

प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाउने आवश्यक दुई तिहाई रहेको यसअघि पनि पुस १८ देखि २० गतेसम्म नेकपाको संसदीय दलको बैठक बसेपछि सहमति जुट्न सकेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here