हेटौंडा, १२ पुस/३ नम्बर प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक साइकलिङ अफरोड च्याम्पियनसिप सुरु भएको छ । हेटौंडा राइर्डस क्लबको आयोजनामा भएको च्याम्पियनसिप प्रतियोगितामा ४ महिलासहित ४१ जनाले सहभागिता जनाएका छन्, ।

मकवानपुरगढी गाउँपालिकाको कार्यालय, लक्ष्मण साइकल स्र्टोस र न्यू आर्यतारा ज्वेर्लस हुप्रचौरको मुख्य प्रायोजनमा र वभिन्न संघ संस्थाको सहयोगमा च्याम्पियनसिप भएको हो । भ्रमण वर्ष २०२० को अवसरमा च्याम्पियनसिप कार्यक्रम आयोजना गरि मकवानपुरगढी परिक्रममा गरि हेटौंडा फर्किने कार्यक्रम रहेको छ ।

देशका देशका विभिन्न शहर हेटौंडा, काठमाडौं दाङ, धरान, निजगढ, सिमरा चितवनका गरि राष्ट्रिय स्तरका साइकिलिस्टहरुको पनि सहभागिता रहेको छ । भीमफेदी गाउँपालिकाको सामरीपुलबाट सुरु भएको च्याम्पियनसिपमा सहभागिहरु मकवानपुरगढीको वडा ५ र ६ साविक आमभञ्ज्याङको डुम्रेकुना बाट वडा २ बाँसपानी हुदैं शिकरकटेरी वडा ३ को मक्रान्चुली पुगिने रुट रहेको क्लबका अध्यक्ष विकास ताम्राकारले बताए । मक्रान्चुलीबाट हेटौंडा ५ पिप्ले निस्केर सानोपोखरा हुदैं हुप्रचौरमा सञ्चालन हुने सडक खाना महोत्सवमा पुगी समापन हुने अध्यक्ष ताम्राकारले बताए ।

च्याम्पियनसिपको उद्घाटन कार्यक्रममा समाजसेवी पुरन बहादुर जोशी, विश्व साईकल यात्री पुष्कर शाह, गोरखागणका प्रमुख अनिल बुढाथोकी,हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, मकवानपुर होटल एसोसियसनका अध्यक्ष शंकरलाल श्रेष्ठ, मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जन, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रमोद सिंह रानाभाट,क्लबकाम संस्थापक अध्यक्ष दीपेन्द्रचन्द्र ठकुरी, ट्राफिक प्रहरी प्रमुख हरिविष्णु ढकाल, जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष विकास ताम्राकारको अध्यक्षतामा भएको थियो ।

च्याम्पियनसिपका विजेताहरुलाई प्रथमलाई ५० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार नगदर सहित प्रदान गरिने अध्यक्ष ताम्राकारले बताए । च्याम्पियनसिपमा सहभागिता मध्ये ४० वर्ष माथीको एक जना साइकललिस्ट लाई उत्कृष्ट घोषित गरि २० हजार बराबरको साईकल पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ । करिब २८ किलोमिटर रहेको प्रतियोगिता मकवानपुरमा पहिलो पटक भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here