हेटौंडा, १२ पुस/लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा हेटौंडा ४को हुप्राचौरमा जारी दोस्रो वीपी कप फुटबल प्रतियोगितामा शनिबार ५ खेल सम्पन्न भएका छन्।  शनिबार भएको ५ खेलमा  कैलाश, बागमती र हेटौंडा वडा नम्बर ३, ४ र ५ विजयी भएको छन।

शनिबार भएको खेलमा कैलाशले मनहरीलाई ३ का विरुद्ध १ गोलले पाखा लगाएको छ। त्यसैगरी हेटौंडा वडा नम्बर ३ र  राक्सिराङ बिचको खेलमा  हेटौंडा ३ ले राक्सिराङलाई १ का विरुद्ध सुन्य गोलले पराजीत गरेको छ।

त्यसैगरी हेटौंडा ५ ले हेटौंडा १० लाई  १ का विरुद्ध सुन्य गोल अन्तरले हराएको छ। त्यसैगरी हेटौंडा ४ ले हेटौंडा १३ लाई ४ का विरुद्ध सुन्य गोल अन्तरले पाखा लगाएको छ।  त्यसैगरी बागमतीले हेटौंडा १२ लाई ३का विरुद्ध २ गोलअन्तरले पराजित गरेको थियो।

पुस १० गतेदेखि १६ गतेसम्म संचालन हुने प्रतियोगितामा मकवानपुर जिल्लाका ७ गाउँपालिका, थाहा नगर र हेटौंडा उपमहानगरपालिकाका गरी २२ टिमको सहभागिता रहेको वी.पी. कपका कार्यक्रम संयोजक प्रदिप कंडेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो टिमले नगद ५० हजार र रनिङ शिल्ड तथा दोश्रो हुने टिमले २५ हजार र शिल्ड पाउने छन् भने हरेक दिन म्यान अफ द म्याच हुने खेलाडी, बेष्ट प्लेयर, किपर, उत्कृष्ट डेफेण्डिङ्गलगायतलाई नगद पुरस्कार राखिएको संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here