हेटौँडा, ११ पुस/नेपाल  लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा हेटौँडाको हुप्राचौरमा जारी दोस्रो बीपी कप फुटबल प्रतियोगितामा शुक्रबार ४ खेल भएका छन ।

शुक्रबार भएको हेटौंडा वडा नम्बर २ र भीमफेदी गाउँपालिका बिचको खेलमा हेटौँडा २ विजयी भएको छ । हेटौँडा २ ले भिमफेदीलाई १ का विरुद्ध सुन्य गोल अन्तरले पाखा लगाउदै विजयी बनेको हो । हेटौँडा २ लाई जिताउन विनोद प्रजाले निर्णायक गोल गरेका थिए।

त्यसैगरी दोस्रो खेलमा हेटोंडा–७ ले हेटौँडा १४ लाई २-० गोल अन्तरले पराजीत गरेको छ । हेटौंडा–७ लाई जित दिलाउन राजेन्द्र थापाले दुई गोल गरे । उनी खेलेको म्यान अफ दी म्याच चुनिएका थिए ।

त्यसैगरी आजै भएको हेटौंडा ९ का विरुद्ध हेटौँडा १९ बिचको खेलमा १ का विरुद्ध सुन्य गोलले हेटौँडा १९ विजयी भएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा हेटौंडा–१९ का लागि सुनिल सुनारले गरेको गोल गरेका थिए ।

त्यसैगरी हेटौंडा ८ ले हेटौँडा १५ लाई १–० गोलअन्तरले पराजित गरेको छ । हेटौँडा ८लाई जित दिलाउन जितमा बेञ्जन घिमिरेले निर्णायक गोल गरेका थिए । जित निकालेसंगै हेटौँडा २, ७, १९ र ८ अघिल्लो चरणमा प्रवेश गरेको छन ।

पुस १० गतेदेखि १६ गतेसम्म संचालन हुने प्रतियोगितामा मकवानपुर जिल्लाका ७ गाउँपालिका, थाहा नगर र हेटौंडा उपमहानगरपालिकाका गरी २२ टिमको सहभागिता रहेको वी.पी. कपका कार्यक्रम संयोजक प्रदिप कंडेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो टिमले नगद ५० हजार र रनिङ शिल्ड तथा दोश्रो हुने टिमले २५ हजार र शिल्ड पाउने छन् भने हरेक दिन म्यान अफ द म्याच हुने खेलाडी, बेष्ट प्लेयर, किपर, उत्कृष्ट डेफेण्डिङ्गलगायतलाई नगद पुरस्कार राखिएको संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here