हवाईजहाज वा हेलिकोप्टर खसेको आशंकामा स्थानीय र प्रहरी घट्नास्थल जाँदै

हेटौंडा, ९ पुस/मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकास्थित सुकाैरा र बकैया गाउँपालिका १२ ठिङ्गनकाे सीमामा ठूलो आगोको मुस्लो देखिएको छ। त्यहाँ कुनै दुर्घटना भएको आशंकामा प्रहरी टोली सो स्थानतर्फ लागेको छ।

मकवानपुरको चौघडा चौकीबाट प्रहरी टोली त्यसतर्फ लागेको मकवानपुरका एसपी मुकेश सिंहले जानकारी दिए। सो स्थानमा पुग्न दुई घण्टा लाग्ने उनले बताए। सो ठाउँ साबिक सुकौटा गाविसमा पर्छ।

मकवानपुर गढी गाउँपालिका ८ का वडाअध्यक्ष कुमार घिसिङले ठूलै केही हेलिकप्टर वा प्लेन दुर्घट्ना भएको आशंकामा आफुसहित स्थानीयको टोली घट्नास्थलतर्फ गैरहेको र पुग्न अझै आधा घण्टा लाग्ने बताए ।

तर, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने विमान दुर्घटनाको कुनै सूचना आफूलाई नआएको जानकारी दिए।

त्रिभुवन विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले पनि सबै विमान सम्पर्कमा रहेको बताए। ‘दुर्घटनाको हल्ला आएपछि टावरहरुमा सम्पर्क नै गरेको थिएँ। कुनै त्यस्तो जानाकारी आएको छैन,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here