हेटौंडा, ९ पुस/मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकास्थित सुकौरा र बकैया गाउँपालिका १२ ठिङ्गनको सीमामा ठूलो आगोको मुस्लो जंगलमा लागेको डडलो रहेको मकवानपुर गढी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कुमार घिसिङ्गले जानकारी दिएका छन् ।

आफूहरुलाई प्लेन वा जहाज दुर्घटना भनेर खबर आएर स्थानीयसहित उक्त घट्नास्थलमा जाँदै गर्दा डडेलो लागेकोमा आफूहरुलाई भ्रामक समाचार दिईएको ८ नम्बरका वडाअध्यक्ष घिसिङले जानकारी दिए ।

यसअघि नै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विमान दुर्घटनाको कुनै सूचना आफूलाई नआएको जानकारी दिएका थिए ।

त्रिभुवन विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले पनि सबै विमान सम्पर्कमा रहेको बताए । ‘दुर्घटनाको हल्ला आएपछि टावरहरुमा सम्पर्क नै गरेको थिएँ। कुनै त्यस्तो जानकारी आएको छैन,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here