काठमाडौ, ६ पुस/आज डिसेम्बर २२ तारिख, अर्थात् वर्षकै छोटो दिन । नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुनेछ ।

दक्षिणी ध्रुवका देशहरुमा यसको ठिक उल्टो रात छोटो र दिन लामो हुन्छ । पात्रो अनुसार आजको नेपालको दिनमान २५ घडी ५७ पला छ भने रात्रीमान ३४ घडी १० पला छ ।

आज सूर्योदय विहान ६ बजेर ५० मिनेटमा भएको थियो भने सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुनेछ । यसको अर्थ, आजको दिन १० घण्टा २३ मिनेटको मात्र हुनेछ । रात भने १३ घण्टा ३७ मिनेट लामो हुनेछ ।

साढे १० घण्टा मात्रै उज्यालो हुने आज थोरै समयमात्र घाम लाग्ने छ । चिसो मौसमका कारणले पनि नेपालका अधिकांश स्थानमा घाम धेरैबेर देखिन छाडेको छ।

भोलीदेखि विस्तारै दिन लामो र रात छोटा हुँदै जाने छ । यसको महशुस हुन कम्तिमा १५ देखि २० दिन लाग्ने छ । डिसेम्बर २०, २१ वा २३ मा दिन छोटो र रात लामो हुने गर्छ भने जुन २१, २२ र २३ मा दिन लामो र रात छोटो हुने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here