वीरगञ्ज, ५ पुस/पर्सा प्रहरीले भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा अबैध मरिचसहित ट्रक वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । प्रहरीले भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ना २ ख ९८०२ नम्बरको मरिच लोड गरिएको ट्रक नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाट उक्त ट्रकमा लोड गरिएको १ सय २० बोरामा रहेको ३ हजार केजी मरिचसहित ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देख्न साथ ट्रकमा लोड रहेको मरिच सोही स्थानमा छाडी तस्करहरु भने फरार भएको पर्सा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here