हेटौंडा, ५ पुस/नेपाली कांग्रेसको बाग्मति गाउँपालिकामा भएको वडा भेलामा एक सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस बाग्मति वडा नम्बर ३ को भेलामा नेकपा र राप्रपा परित्याग गरी एक सय जना कांग्रेस प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेस जिल्ला सचिव बुद्ध लामासहित जिल्ला नेताहरुले स्वागत गरेका थिए ।

नेपाली कांग्रेस जिल्ला सचिव बुद्ध लामाको प्रमुख आतिथ्यता एवं नेता सुनजित बोम्जनको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । 

कार्यक्रममा जिल्ला सदस्यहरु कृष्णप्रसाद दाहाल, चोकबहादुर ठाडा मगर, नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ सभापति दामोदर खनाल, नेपाली कांग्रेस प्रदेशसभा सभापति डिल्ली घोरासैनी, हेटौँडा नगरसभापति आनन्दराम पराजुली, हेटौँडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, बाग्मति गाउँपालिका सभापति भक्तबहादुर राई, सल्लाहकार फणिन्द्र तिमिल्सना, तामाङ संघ मकवानपुरका अध्यक्ष चम्फुरत्न लामा, तरुण दल जिल्ला सचिवद्वय सचित थापा र सन्तोष सापकोटालगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here