नवलपरासी, ४ पुस/नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष गोपाल दिस्वा मगर २ लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

सेवाग्राहीको नाता प्रमाणित तथा स्वास्थ्य उपचारको सिफारिस लगायतको बहानामा २ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष मगरलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले वडाध्यक्ष मगरसहित लेखनदास रवीन्द्रप्रसाद यादवलाई समेत नियन्त्रणमा लिएको छ । वडाध्यक्ष मगरले लेखनदास यादवमार्फत सेवाग्राहीबाट घुस उठाएको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारको टोलीले वडाध्यक्ष मगरलाई रामग्राम नगरपालिका–१८ स्थित होली चाइल्ड स्कूल नजिकबाट र लेखनदास यादवलाई मालपोत कार्यालय नवलपरासी (पश्चिम) जाने बाटोबाट नियन्त्रणमा लिइको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here