काठमाडौं, १७ मंसिर/१३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत मंगलबार सन्तोषी श्रेष्ठले इतिहास रहेकी छन्।

उनले महिलातर्फ १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी हुन्। उनले ३५ मिनेट ७.९५ सेकेन्डमा १० हजार मिटर दाैड पूरा गर्दै जित हासिल गरेकी हुन्। यो स्पर्धामा भारतकी पविता यादाले रजत र श्रीलंकाकी निलाथीले कास्य पदक जितेका छन्।

याे जितसँगै एथ्लेटिक्समा नेपालका लागि स्वर्ण जित्ने पहिलाे महिला खेलाडी बनेकी छन्। यस अघि महिला खेलाडीले एथ्लेटिक्समा स्वर्ण जित्न सकेका थिएनन्। योसँगै नेपालको स्वर्णको संख्या १९ पुगेको छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here