हेटौंडा, १६ मंसिर/जिल्ला प्रहरी कार्यालय मकवानपुरले लुटिएको सुनसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका-८ बस्ने १८ वर्षिय सुरज ओली रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी रोड बस्ने राहुल सुनारको बासुमार्ग स्थित केदारनाथ सुन चादी पसलबाट लुटिएको ४ तोला १२.७ लालको गहनासहित उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।

उनले उक्त गहना लुटि फरार हुनका लागि प्रयोग गरेका ना ४३ प ८२६४ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । प्रहरीले यसबारे थप अनुसन्धान भईरहेको समेत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here