धरान, १६ मंसिर/धरान उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् । नेकपाका प्रकाश राईलाई पराजित गर्दै तिलक राई विजयी भएका हुन् ।
तिलकले २७ हजार सात सय नौ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिष्पर्धी प्रकाशले २३ हजार नौ सय १४ मत प्राप्त गरेका छन् ।
२९ वर्षपछि धरानमा कांग्रेसले जित हासिल गरेको हो । यसअघिका सबै निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका थिए । २०७४ को निर्वाचनमा एमालेबाट जितेका तारा सुब्बाको निधन भएपछि अहिले उपनिर्वाचन भएको हो ।
धरान उपमहानगर पर्ने सुनसरी–१ क्षेत्रमा पनि अहिलेसम्म कांग्रेसले संसदीय निर्वाचनमा समेत जित्न सकेको छैन ।