हेटौंडा, १० मंसिर/नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) मंगलबार विहान हेटौडा आइपुगेका छन् । चितवनबाट बिहान हेटौंडा आईपुगेका प्रचण्ड विहानैदेखि मूख्यमन्त्री र मन्त्रीहरुसंग छलफलमा ब्यस्त छन् ।

नेकपाका अध्यक्ष प्रचण्ड अहिले ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवासमा सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेललगायतका ३ नम्बर प्रदेशका मन्त्रीहरुसंग स्थायी राजाधानी र नामाकरणको बारेमा गोप्य छलफल गरिरहेको श्रोतले बताएको छ ।

मूख्यमन्त्री पौडेलले केहीदिनअघि प्रधानमन्त्री केपी ओलीसंग भेटपछि सार्वजनिक कार्यक्रमहरुमा १५ दिनभित्रै स्थायी राजधानी नामाकरण गर्ने अभिव्यक्ति दिंदै आईरहेका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले मूख्यमन्त्री र मन्त्रीहरुसंगको भेटघाटपछि पार्टीका नेता कार्यकर्ताहरुसंग भेटघाट गरी एपेन्डिसाईटिस्को अप्रेसन गर्न लागिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न काठमाडौं जाने कार्यक्रम रहेको श्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here