हेटौंडा, ४ मंसिर/हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि मंगलबारबाट लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको दोश्रोदिन आज बुधबार ५ लाख रुपियाँ संकलन भएको छ ।

प्रख्यात बाचन पण्डित दिनबन्धु पोख्रेलले बाचन गरिरहनुभएको सप्ताह महायज्ञको दोश्रो दिन ५ लाख रकम संकलन भएको हो ।

यसअघि हिजो उद्घाटनका दिन २२ लाख ५० हजार संकलन भएको थियो । हिजो मंगलबार सुरु भएको महायज्ञको दुई दिनसम्ममा २७ लाख ५० हजार संकलन भएको लेखा समिति संयोजक विनोद घिमिरेले जानकारी दिए ।

मंसिर ३ गतेबाट मंसिर १० गतेसम्म संचालन हुने श्रीमद् भागवत सप्ताह महायज्ञबाट उठेको रकमले गोरक्षनाथ माविमा प्राविधिक शिक्षा संचालन गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँले जानकारी दिए । महायज्ञबाट करिब २ करोड संकलन गर्ने लक्ष्य रहेको अध्यक्ष बानियाँले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here