हेटौंडा, ४ मंसिर/कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्दा लिइने शुल्क तोकिएभन्दा बढी उठाइएको भन्दै नेपाल विद्यार्थी संघ मकवपानपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मकवानपुरका विभिन्न शैक्षिक संस्थाले रजिष्ट्रेशन फाराम भरेबापत आफूखुसी शुल्क लिइरहेको पाइएकाले त्यस्तो र्गैरकानुनी शुल्क असुल नगर्न सम्बन्धित शैक्षिक संस्थालाई चेतावनी दिइएको छ ।

नेपाली विद्यार्थी संघ मकवानपुरका अध्ययक्ष राजु खतिवडाले बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले तोकेभन्दा बढी शुल्क नलिन शैक्षिक संस्थालाई आग्रह गरेको हो ।

तोकिएको रजिष्ट्रेशन चार सय र डबल दस्तुर आठ सय रुपैयाँ भएता पनि शैक्षिक संस्थाले आफूखुसी सोभन्दा बढी शुल्क उठाएको पाइएकाले त्यसविरुद्ध आवाज उठाउन नेवि संघले विद्यार्थीलाई पनि आग्रह गरेको छ ।

शैक्षिक क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्न सम्बन्धित निकायसमेत सचेत भई गैरकानुनी कार्य गर्नेलाई कारबाही गर्न संघले आग्रह गरेको छ । गैरकानुनी शुल्क फिर्ता नगरिए आन्दोलनमा उत्रने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here