हेटौंडा, ४ मंसिर/नेपाली काँग्रेस मकवानपुरको प्रतिनिधि तथा प्रदेश र स्थानीय तहको सभापति चयन गरिएको छ ।

केन्द्रीय प्रतिनिधि एवम् निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले प्रतिनिधिसभाको दुई, प्रदेशको चार र पाँच वटा स्थानीय तहको सभापतिहरु समायोजन गरिएको जानकारी दिए । समायोजनसँगै नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल र २ नम्बर क्षेत्रीय सभापतिमा यतिराज सापकोटा चयन भएका छन् ।

त्यसैगरी क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा डिल्लीप्रसाद घोरासैनी, क्षेत्र नम्बर १ को (ख) मा ताराप्रसाद चौलागाई सभापतिमा चयन भएका छन् । यसैगरी क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा सुजन गोपाली र क्षेत्र नम्बर २ को (ख) मा लोकबहादुर मुक्तान सभापतिमा चयन भएका छन् ।

यसैगरी मकवानपुरको १० वटा स्थानीय तहमध्ये ५ वटा स्थानीय तहमा पनि काँग्रेसले सभापतिको टुङ्गो लगाएको छ ।

थाहा नगरपालिकाको नगर सभापतिमा योगेन्द्रमान श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाको नगर सभापतिमा आनन्दराम पराजुली, गढी गाउँपालिकाको सभापतिमा राजविर मोक्तान, बागमती गाउँपालिकाको सभापतिमा भक्तबहादुर राई र बकैया गाउँपालिकाको सभापतिमा भूमिनन्द गौतमलाई समायोजन गरिएको निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here