थाहा, ८ कार्तिक/थाहा नगरपालिकामा भएको आगजनीको घटनाका योजनाकार विप्लव निकट माओवादीका थाहा सेक्रेटरी श्याम लामा पक्राउ परेका छन।

थाहा नगरपालिकाको वडा कार्यालयसहित विभिन्न स्थानमा भएको आगजनीको मुख्य योजनाकार तथा विप्लव नेतृत्वको नेकपाका थाहा नगरपालिका सेक्रेटरी अनुप भन्ने श्याम लामा पक्राउ परेका हुन।

उनलाई मकवानपुर प्रहरीले बिहिबार राती थाहानगर ३बाट पक्राउ बुझिएको छ।उनी केही साता अघि थाहानगर नगरपालिकाको वडा कार्यालय, एनसेल टावरमा आगजनी, जेसिबि, टिफर, ट्रकमा लगायतको सवारीमा भएको आगजनीको मुख्य योजनाकार भएको जनाइएको छ। यद्यपी उनि पक्राउ गरिएको बिषयमा भने मकवानपुर प्रहरी केही बताएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here