हेटौंडा, ६ कार्तिक/धरान चतरा सडक खण्ड अन्तर्गत बकैया ४ तामोरखोलामा हात्तीसुडेबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३ -०३- ००१प ६२० नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा एकजना पैदल यात्रुको मृत्यु भएको छ ।

मुत्यु हुनेमा पैदल यात्रु बकैया ७ अधेरी बस्ने ५५ बर्षीय कृष्ण बहादुर लो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन् । घाइते भएका उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ।

मोटरसाइकल चालक बकैया ३ हात्तिसुडे बस्ने २४ बर्षीय सबिन दर्नाल रहेको र चालक पनि घाइते अवस्थामा रहेको उनको प्रहरीको निगरानीमा हेटौंडा अस्पतालमा उपचार भइरहेको र मोटरसाइकल  प्रहरी चौकी हात्तिसुडेको नियन्त्रण रहेको उपरिक्षक सिंहले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here