हेटौंडा, ५ कार्तिक/जिल्ला प्रहरी कार्यालय मकवानपुरबट खटिएको प्रहरी टोलीले अवैध लागूऔषध गाँजासहित सोमबार दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट पर्सा बहुद्रामाई नगरपालिका १ विश्रामपुर बस्ने शम्भु साह कलवार र वडा नम्बर ३ बस्ने असलम देवानलाई चार केजी गाँजासहित पक्राउ गरेको हो ।

हेटौडाबाट वीरगंजतर्फ जाँदै गरेको ना ५५ प ६०२५ नम्बरको मोटरसाइकल ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक शम्भु र मोटरसाइकलमा सवार असलमलाई कपडाको ज्याकेटमा उक्त परिमाणको लागूऔषध गाँजासहित फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताए ।

यसैगरी प्रहरीले हेटौंडा १५ भोर्लेबाट लागूऔषध नाइट्रोसन टयाब्लेटसहित मंगलबार विहान एकजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पशुपति नगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा १५ भोेर्लेका ३२ बर्षीय रविन्द्र गोलेलाई शंका लागी जाँच गर्दा नाइट्रोसन टयाब्लेट ११० पिससहित पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरुको बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here