काठमाडौं, ५ कार्तिक/राजधानीको ठमेलबाट दुर्लभ बन्यजन्तु सालकको खपटा र नाम नखुलेको अन्य दुर्लभ बन्यजन्तुको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले नुवाकोट किस्पाङ गाउँपालिका–२ घर भइ कपन बस्ने दीपकराज न्यौपाने र गोरखा सिरानचोक गाउँपालिका–६ घर भइ कपन नै बस्ने केशव अर्याललाई ठमेलस्थित नरसिंह चोकबाट नियन्त्रणमा लिएको हो । 

महानगरीय प्रहरी वृत्त लैनचौरका डीएसपी सन्तोषसिंह राठौरले विशेष सूचनाको आधारमा खोजतलास गर्दै जाँदा उनीहरुलाई संकास्पद अवस्थामा ठमेलमा फेला पारेको र खानतलासी गर्दा नाम खुल्न नसकेको बन्यजन्तुको छाला र १ किलो ४०० ग्राम सालकको खपटा बरामद गरिएको जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here