एजेन्सी/मानिसहरू आफूलाई सुन्दर देखाउनका लागी के के नगर्लान् र ? अझ युवकहरू भन्दा पनि युवतीहरूले सुन्दर देखिनका लागि विभिन्न किसिमको क्रिम वा महँगो समंग्रीहरूको प्रयोग गर्ने गर्छन् ।

जसले गर्दा उनीहरू आकर्षित देखिने गर्छन् । तर सबै युवकहरूलाई उक्त सजावट मन नपर्नु पनि सक्छ । त्यसैले केही उपायहरूलाई तल चर्चा गरिएको छ, जसलाई युवतीहरूले अपनाउँदा युवकले मन पराउदैछनन् । अझ तपाईँ आफ्नो प्रेम सम्बन्धको सुरुवात गर्दै हुनुहुन्छ र पहिलो पटक डेटमा जाँदै हुनुहुन्छ भने त झनै भुलेर पनि नगर्नुहोस् यी काम !

छोटा पहिरन नलगाउनुहोस् :
अधिकांश जसो युवतीहरूको चाहना छोटो पहिरन लगाउने भएता पनि पुरुषलाई भने त्यस किसिमको पहिरन मन पर्दैन । किनकि कुनै प्रेमी आफ्नो प्रेमिकालाई छोटो पहिरनमा भेट्न चाहँदैनन् । तसर्थ सुन्दर देखिने नाममा छोटो पहिरन लगाएर जानु मूर्खता साबित हुनेछ ।

धेरै मेकअप नगर्नुहोस् :
आफूलाई सुन्दर देखाउने नाममा बढी नै मेकअप नगर्नुहोस् । किनकि कतिपय पुरुषहरू धेरै मेकअप गर्ने महिला मन नपर्नु पनि सक्छ । त्यसैले मेकअप गरेता पनि लिमिटमा गर्नुहोस् जसले गर्दा तपाइको सुन्दरतालाई निखार्नेछ ।

बनावटी कुरा नगर्नुहोस् :
अक्सर युवतीहरू अन्य व्यक्तिको नक्कल गरी बनावट कुराहरू गर्ने गर्छन् । तर जब तपाईँ पहिलो पटक डेटमा जाँदै हुनुहुन्छ तब आफ्नो प्रेमीको सामु बनावटी कुरा नगर्नुहोस् । किनकि पुरुषहरू बनावटी कुरा गर्ने महिलाहरूलाई देखि सक्दैन् ।

समयको लापरवाही नगर्नुहोस् :
यदि तपाईँ आफ्नो प्रेम सम्बन्धको सुरुवात गर्दै हुनुहुन्छ भने पहिलो पटक प्रेमीलाई भेट्न जाँदा ढिला नगर्नुहोस् । अक्सर पुरुषहरू समयको लापरवाही गर्ने युवतीलाई घृणा गर्ने गर्छन् न कि माया ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here