काठमाडौं, २४ असोज/चीनका राष्ट्रपति सी जिनपिङ भोलि शनिबार अपरान्ह काठमाडौं ओर्लिंदैछन् । उनले करिब १९ घण्टा काठमाडौंमा बिताउनेछन् । 

नेपालमा रहँदाको उनको कार्यतालिका यस्तो छः
शनिबार: दिउँसो करिब ४ः३० देखि ५ः३० बजेसम्ममा त्रिभुवन विमानस्थलमा उत्रने । करिब ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने । करिब ७ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने ।

आइतबार: करिब १०ः३० बजे द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने ।
करिब १२ः३० बजे नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्कने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here