हेटौंडा, २४ असोज/पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी  दाउन्ने सडक खण्डको नाग्स्थानमा बिहिबार भएको सडक दुर्घटनामा परी हेटौंडा ४ का रुपेन्द्र थापाको मुत्यु भएको छ ।

पुर्बबाट पश्चिमतर्फ आउदै गरेको ना ६ ख ६५७८ नम्बरको माल बाहक ट्रक र बिपरित दिशा तर्फबाट चितवन तर्फ आउदै गरेको ना ४३ प २९७९ नम्बरको बुलेट मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक थापाको घटनास्थलमै मृत्यु भएको नवलपरासी प्रहरी जनाएको छ ।

मुतक थापाको शव स्थानिय अस्पतालमा राखिएको र ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको  प्रहरी ले जनाएको छ ।

मृतक थापाको आजै राप्तीतटमा दाहसंस्कार गर्ने परिवार श्रोतले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here