हेटौँडा, १९ असोज/हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ राजदेवीमा आइतबार विहान करेण्ट लागेर आमा, छोराको मृत्यु भएको छ । बुहारी घाइते अवस्थामा छिन ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया लेखमाया पराजुली र २८ वर्षीय छोरा मदन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

करेण्ट लागेर गम्भीर भएपछि हेटौँडा ११ स्थित चुरेहिल हस्पिटलमा लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको थियो । बारीमा घाँस काट्न गएको समयमा विद्युत प्रवाह भईरहेको तार छिनेर लेखमायालाई करेन्ट लागेको थियो ।

आमा लेखमायालाई करेण्ट लागेपछि बचाउन गएका छोरा मदन र बुहारी रेनुकालाईसमेत करेण्ट लागेको थियो । करेण्ट लागेर घाइते बुहारी रेनुकाको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here