काठमाडौं, १९ असोज/नेपाल र हङकङबीच चलिरहेको पहिलो टी–ट्वान्टी क्रिकेटमा हङकङले नेपाललाई १२६ रनको लक्ष्य दिएको छ ।
ओमानमा चलिरहेका ५ देश सम्मिलित टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा हङकङले नेपाललाई १२६ रनको लक्ष्य दिएको हो ।
ओमानको अल अम्रेट क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो ।
नेपालका लागि करण केसीले ४ तथा अविनाश बोहोराले १ विकेट लिए । ५ देशको सहभागिता रहेको छी–ट्वान्टी श्रृङ्खलामा आयोजक ओमानका साथै नेपाल, हङकङ, नेदरल्याण्ड र आयरल्याण्ड सहभागि छन्।