एजेन्सी/के तपाइलाई राति निद्रा लाग्दैन् ? या कम लाग्छ । त्यसो हो भने अब त्यसको विकल्पमा दिउँसो निदाउँनुहोस् । जसले एकातिर आयु बढ्छ भने अर्कोतिर तनाव कम गर्न मद्दत पुग्छ ।

दिउँसो निदाउँदा राति जस्तै ६-७ घण्टा भने निदाउँनु हुदैन् । हप्तामा एक दुई पटक दिउँसो छोटो निद्रा लिँदा आयु बढ्ने एक अध्ययनले देखाएको छ ।

स्वीट्जरल्याण्डको युनिभर्सिटी हस्पिटल अफ लुजानेले गरेको अध्ययनले यस्तो रहस्य पत्ता लगाएको हो । लुजानेका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा कहिलेकाहीँ दिउँसो छोटो निदाउँनेहरूमा मस्तिष्कघातको खतरा ननिदाउँनेहरूको तुलनामा कम हुने देखिएको छ । तर दिउँसो छोटो निद्रा लिन खोज्दा धेरै समय लिइयो वा धेरै पटक या वारम्बार सुत्ने हो भने फाइदा हुँदैन् ।

कहिले काही दिउँसो अफिसमा काम गर्दा गर्दै निद्रा लाग्यो वा स्कूलमा पढ्दा पढ्दै निद्राले सतायो भने के गर्ने ? त्यसो हुन्छ भने केही समय निदाउँनुहोस । त्यसरी कहिले काही लिइने छोटो निद्राले आयु बढ्ने वैज्ञानिकहरूले निष्कर्ष निकालेका हुन् ।

त्यसरी निदाउँदा आयु बढ्नुका साथै मुटु पनि स्वस्थ्य हुन सक्ने उनीहरूको दाबी छ । मस्तिकघात हुने सम्भावना पनि कम हुन्छ । यसको अर्को फाइदा राम्ररी निद्रा पुगेको छैन भने पनि यसले क्षतिपुर्ति गर्छ ।

त्यसरी सुत्नुभन्दा पहिला एउटा कुरा ख्याल गर्नुपर्ने हुन्छ । बारम्बार त्यसरी सुत्दा भने फाइदा हुदैन् । यो अध्ययनले ६५ वर्षमाथिका मानिसमा के कस्तो असर पर्छ भन्ने कुनै निष्कर्ष दिन सकेको छैन् । हप्तामा दुई चोटी २० मिनेट सुत्नु उपयुक्त हुने विज्ञहरूको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here