हेटौंडा, १८ असोज/आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदैछ ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

त्यसैगरी आज हेटौँडा–१० मा रहेको नेपालकै प्रमुख शक्तिपिठ भुटनदेवी मन्दिरमा फुलपाति भित्र्याईएको छ ।

हेटौँडाको राप्तितट गोरक्षश्वर मन्दिरबाट शुरु भएको भक्तजन र गाजाबाजासहित झाँकीले भुटनदेवी मन्दिरमा फुलपाति भित्र्याईएको हो । भित्र्याउने कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेत, १४ नम्बर गण सशस्त्र प्रहरी बलका प्रहरी प्रमुख विकास घिमिरे, मकवानपुर प्रहरी प्रमुख मुकेशकुमार सिंहलगायतको सहभागिता रहेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here