हेटौंडा, १७ असोज/नेपाली कांग्रेसले हेटौँडा १५ जाँतेमा विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको छ ।

नेपाली कांग्रेस हेटौँडा–१५ को आयोजनामा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा शुक्रबार विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो । 

नेपाली कांग्रेस १५ का समन्वय सभापति गोपालमान स्याङतानको सभाध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा चियापान तथा खाद्यान्न वितरण गरिएको हो ।

कार्यक्रममा निर्वतमान सभापति रघुरमण न्यौपाने, जिल्ला सचिव बुद्ध लामा, सल्लाहकारद्वय रिता खनाल र प्रभातकुमार दाहाल, प्रतिनिधिसभा १ को ख का क्षेत्रीय सभापति तारानाथ चौलागाई, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नेपाल महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

चियापान तथा खाद्यान्न कार्यक्रममा जिल्ला तहका नेता तथा हेटौंडा १५ नम्बर वडाका पार्टी तथा भातृ एवं शुभेच्छुक संघसंस्थाका पदाधिकारी एवं सदस्यहरुको उपस्तिथि रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here