हेटौंडा, १७ असोज/नेपाल प्रेस युनियन मकवानपुरको आयोजनामा विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत र छठको अवसरमा शुभकामना अदानप्रदान गरिएको छ ।

नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यता एवं युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव बुद्ध लामा, सहसचिव रामबाबु बानियाँ, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, नेपाल पत्रकार महासंघका ३ नम्बर प्रदेश अध्यक्ष प्रताप विष्ट, कांग्रेसका जिल्ला, नगर र वडा तहका नेता, पत्रकारहरुका विभिन्न संगठनका पदाधिकारीसहित पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले चाडपर्वलाई मितव्ययी ढंगले मनाउँदै संस्कृतिको प्रवद्र्धनमा जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here