कैलाश, १७ असोज/नेपाली कांग्रेस कैलाश गाउँपालिका १ ले बडादशैको अवसर पारेर चियापान तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ ।

कैलाश १ का वडा उपसभापति वाङगेल लामाको सभाध्यक्षता एवं ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङको प्रमूख आतिथ्यतामा चियापान तथा पार्टी प्रवेश कार्यक्रम भएको थियो ।

कार्यक्रममा नेकपाका लालबहादुर थिङ, अशोक थिङसहित ५१ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

चियापान तथा पार्टी प्रवेश कार्यक्रममा कांग्रेस जिल्ला सदस्य बलिन्द्र भ्लोन, प्रतिनिधिसभा २ को ख का क्षेत्रीय सभापति लोक मुक्तान, कैलाश २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ, तरुण दल कैलाशका अध्यक्ष विनोदकुमार मुक्तान, स्थानीय नेताहरु ईन्द्रबहादुर थिङ, रामबहादुर थिङलगायतले बोल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here