बकैया, १४ असोज/नेपालीहरुको महान चाड बडादशैको अवसरमा मंगलबार मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका २ कांग्रेसले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

कांग्रेस बकैया २ का वडासभापति अर्थमान पाख्रिनको सभाध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको हो ।

कार्यक्रममा कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, शेरबहादुर लामा, जिल्ला सदस्य चोकबहादुर ठाडामगर, प्रतिनिधिसभा १ का सभापति एवं बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, प्रतिनिधिसभा १ को क का क्षेत्रीय सभापति दिल्ली घोरासैनी, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महासमिति सदस्य धर्मराज लामिछाने, छवि भोम्जन, शंकर पराजुलीलगायतले दशैको शुभकामना व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here