काठमाडौं, ११ असोज/अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसरमा भक्तपुरका निजि विद्यालयका ७ जना शिक्षक सम्मानित भएका छन्।

भक्तपुरमा  शनिबार आयोजित कार्यक्रममा  शिक्षकहरुलाई सम्मान गरेको आयोजक वि क्यान नेपालले जनाएको छ। सम्मानित हुने शिक्षकहरुमा रोम्बस नेशनल स्कूलका शिक्षक रोशनी सुवाल कोजु, नियोलोजिन एकेडेमीका सिर्जना लिम्बू इजम, सिद्धिदास सेकेन्डरी स्कुलका करुणा सुवाल, क्रियटिभ इंग्लिश स्कूलका सुमन नेपाली, सिरिनकेन इंग्लिश स्कूलका रश्मिला दथेपुथे, रोसम इंग्लिश बोर्डिङ्ग स्कूलका आशा तामाङ र रोम्बस सेकेन्डरी स्कूलका करुणा तिमिल्सिना रहेका छन्।

सम्मानित शिक्षकहरुलाई शैक्षिक अभियन्ता एबम् गुम्बा स्कूलका प्रिन्सिपल झबिन्द्र सुवेदीले सम्मान पत्र र खादाले सम्मान गरेका थिए।

कार्यक्रमका प्रमुख अथिति शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका खेमनाथ पोखरेलले शिक्षक पेशा एक सम्मानित पेशा भएको र यस पेशालाई मर्या्दित र सम्मानित बनाउनु पर्ने बताए ।

यसैगरी, नेशनल प्याब्सनका केन्द्रीय सदस्य एबम् रोम्बस नेशनल कलेज का प्रिन्सिपल डा राजेन्द्र कोजूले आफ्नो घरायसी कामको बाबजुत पनि विद्यालयमा निरन्तर लागि पर्ने शिक्षकको विद्यालय प्रतिको लगाव र धैर्यताको सम्मान गर्न आवस्यक भएको उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here