हेटौंडा, ३ असोज/जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध ५० गोलिया खयरको गोलाई लोड भएको ईस्करपियोसहित शुक्रबार विहान दुईजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेमा पथलैयाबाट हेटौंडातर्फ आउदै गरेको बा १० च २७०६ नम्बरको इस्करपियोलाई चेकजाँच गर्दा ५० वटा खयरको गोलियासहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता यज्ञप्रसाद भट्टराईले बताए ।

पक्राउ पर्नेमा गाडी चालक बर्दिया जिल्ला सैनिवार नगरपालिका ६ का २७ वर्षिय अमित शाह र मकवानपुरको बकैया गाउँपालिका १ बस्ने ३२ वर्षिय चक्रबहादुर योञ्जन रहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

स्करपियोभित्र अवैध ५० पिस खयर मा २४.४८ क्युफिट काठ ७ सय ३४ किलो रहेको र पक्राउ परेका २ जना, गाडी र खयरलाई आवश्यक अनुसन्धानका लागि डिभिजन बन कार्यालय मकवानपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here