काठमाडौं, २ असोज/सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सार्वजनिक गरेको मूल्यमा सुन प्रतितोला ६ सयले घटेको हो । यसअघि ७१ हजार ३ सयमा कारोबार भएको प्रतितोला सुन आज ७० हजार ७ सयमा कारोबार हुनेछ ।

गत महिना ७३ हजार ४ सयमा पुगेर सुनको मूल्य त्यसपछि निरन्तर ओरालो लागेको थियो । पछिल्लो तीन दिन भने सुनको मूल्य ७१ हजार ३ सयमा स्थीर थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार ५ रुपैयाँ बढेर ८ सय ७० पुगेको प्रतितोला चाँदीको मुल्य बिहीबार ८ सय ५५ रुपैयाँमा झरेको छ ।

अन्र्तराष्ट्रिय बजारमा मूल्य ओरालो लागेकै कारण नेपाली बजारमा पनि सुनको मूल्य खस्केको हो । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य १४ सय ९५ अमेरिकी डलर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here