एजेन्सी/इन्टरनेटको दुनियामा पाँचौं पुस्ताको मोबाइल इन्टरनेट (फाइभजी) को चर्चा चुलिदै छ। विकसित मुलुकका सूचना तथा सञ्चार प्रविधी क्षेत्रका अग्रणी कम्पनीहरुले फाइभजी सुरू गर्न प्रतिस्पर्धा गरिरहेका छन्।

फाइभजी आधुनिक सूचना प्रविधीको क्षेत्रमा उच्च गतिको इन्टरनेट हुने भएकाले त्यसबाट फाइदा लिन विश्वका विकसित देशहरू तछाँडमछाँड गरिरहेका छन्। कतिसम्म भने विश्वमै सूचना प्रविधी क्षेत्रमा अग्रणी देखिएका चिनिया कम्पनी हुवावेको विश्व प्रभावलाई रोक्न अमेरिकाले आफ्नो देशमा यसको मोबाइल र सामान आयातमा रोक लगाएको छ।

फाइभजी टेक्नोलोजीको विस्तार गर्न विश्वका देशहरुले हुवावेको सहयोग लिने आँकलनमा उसलाई रोक्न अमेरिका लगायतका केही पश्चिमा देशहरु लागिपरेका छन्।

के हो फाइभजी ?
फाइभजी भनेको मोबाइल इन्टनेट नेटवर्कको पाँचौ पुस्ता हो । अहिले हामीले चलाइरहेको मोबाइल इन्टरनेट फोरजी र थ्रिजी हो। फाइभजी उच्च गतिको मात्र होइन, विश्वका औद्योगिक र सेवा क्षेत्रमा आमूल परिवर्तन गर्ने अनुमान गरिएको छ । सन् २०१९ लागेदेखि यसको चर्चा र परीक्षण धेरै देखिएपनि फाइभजीको अध्ययन एक दशकदेखि भइरहेको थियो।

अहिलेसम्मको अध्ययन र प्रयोग अनुसार फाइभजी इन्टरनेट फोरजी भन्दा ३० औं गुणा छिटो हुनेछ। यसको अर्थ फाइभजीले मोबाइल नेटवर्कलाई मात्र गति दिने छैन, यसले आधुनिक प्रविधीका मेसिन, औजार, उद्योग, यातायातका साधन, टेलिमेडिसिन, अन्तरिक्षलगायतका क्षेत्रलाई एकआपसमा जोड्न सहयोग गर्नेछ ।

विभिन्न अध्ययनहरुले देखाएअनुसार फाइभजीको कुनै पनि फाइल डाउनलोड स्पिड २.५ जिबी प्रतिसेकेन्ड अथवा २५६० एमबी प्रतिसेकेन्ड हुनेछ भने अपलोड स्पिड १.२५ जिबी प्रतिसेकेन्ड अथावा १२८० एमबी पर सेकेन्ड हुनेछ।

त्यस्तै, फाइभजीको ‘लेटेसी’ १ मिलिसेकेन्ड (एमएस) मात्र हुने आँकलन गरिएको छ। अहिले हामीले चलाइरहेको फोरजीको लेटेसी ५० देखि १ एमएससयसम्म रहेको छ । लेटेसी भनेको इन्टरनेट प्रयोगकर्ता र सर्भरबीचको कनेक्सनलाई बुझाउँछ ।

‘स्मार्ट सहर’को परिकल्पना:
अहिले विकसित कतिपय देशमा स्मार्ट सहरहरू छन्। तर, फाइभजीले ल्याउने स्मार्ट यतिसम्म मात्र सिमित रहने छैनन्। सहरमा गुड्ने हरेक कारबीच एकआपसमा केनेक्सन हुनेछन्।

सहरमा उच्चगतिको ब्रोडव्यान्ड कनेक्टिभिटी उपलब्ध हुनेछ। सहरमा हुने सञ्चार उच्च गुणस्तरको र तत्कालै हुनेछ। उदाहरणका लागि यसले स्मार्ट ट्राफिक कन्ट्रोल गर्नेछ। जब सबै सहर फाइभजीको कनेक्टिभिटीले जोडिन्छ तब, एक कारले एको कारमा सिधै सम्पर्क गर्न सक्नेछ। यसले गर्दा ट्राफिक लाइट वा ट्राफिक सिग्नलको सहि प्रयोग हुनेछ।

स्वचालित कारको लागि आफ्नो स्थान थाहा पाउन जिपिएस हुनुपर्छ । यस्तो जिपिएस अत्याधिक गतिको हुनेछ । यसले कार–कारबीच सम्पर्क गर्न, वैकल्पिक बाटो प्रयोग गर्न र सुरक्षाको विषयमा धेरै सहयोग गर्नेछ। ट्राफिक जामलाई सजिलै छल्न सकिनेछ ।

सुरक्षित स्मार्ट सिटीमा फाइभजीको प्रयोगको सुविधा धेरै हुनेछ। स्कुल बसलाई छिटो वा ढिलो चलाउने जानकारी दिने, निर्माण कार्य, रेललगायतका विषयमा विशेष ध्यान दिनेछ । यदि फाइभजी सेन्सर निर्माणाधिन स्थल वा स्कुल वसमा राखियो भने त्यस क्षेत्रमा प्रवेश गर्दा ड्राइभरलाई विशेष चनाखो बनाउनेछ।

उद्योग व्यवसायमा पनि फाइभजीको प्रयोग उच्च हुने निश्चित छ। यसले मेसिन स्वचालित बनाउन मात्र होइन, ठूला मेसिनलाई रिमोट मार्फत कन्ट्रोल गर्न र अपात्कालिन अवस्थामा पनि सहयोग गर्नेछ।

फाइभजीको प्रयोगले स्मार्ट कृषि बढ्नेछन्। यसले उन्नत जातको विउविजन उत्पादन तथा भण्डारण र पैसा बचाउन समेत सहयोग गर्नेछ। फार्महरू उच्च प्रविधि जडित हुनेछन्। विरुवा कस्ता भए, वस्तुलाई खुवाउने समय तालिकालगायतका विषयमा अपडेट हुनेछ।

फोरजीमा फिल्म हेर्दा वा लाइभ स्ट्रिमिङ गर्दा ढिला हुने, बफरिङ हुने समस्या हुनसक्छ। फाइभजीमा यस्ता कुनै पनि समस्या हुनेछैनन् । अनलाइन गेम, भिडियो, अडियो कलमा कुनै समस्या उत्पन्न हुनेछैन । वेभ पेजको लागिपनि फाइभजी अति प्रभावकारी हुनेछ।
‘आउग्मेन्टेड रियालिटी’ (एआर) र ‘भर्चुअल रियालिटी’ (भिआर) धेरै व्यान्डविथ आवश्यक पर्ने प्रविधि हुन्। फाइभजीको विकासपछि एआर र भिआरमा गेम खेल्न सहज हुनेछ।

स्मार्ट स्वास्थ्य:
फाइभजीले अब स्मार्ट स्वास्थयको लागि विशेष भूमिका खेल्नेछ । डाक्टरसँग विभिन्न जानकारी आदनप्रदान गर्न र प्रविधिलाई काम गर्न फाइभजीले विशेष सहयोग गर्नेछ ।

जस्तो कि अब मान्छेले लगाएको डिभाइसले मुटुको धडकनमात्र होइन, ब्लड सुगर, होमोग्लोविन आदिको जानकारी हिड्दाहिड्दै दिनेछ । तपाइले घडी जस्तै वस्तुले स्वास्थ्यको रेकर्ड राख्ने छ । त्यो जानकारी डाक्टरलाई सहयोगी हुनेछ । यो सुविधाले डाक्टर र अस्पताललाई बुझाउने धेरै पैसाको बचत हुनेछ ।

ग्रामिण स्वास्थ्य सेवामा फाइभजीले निकै सुविधा दिने ठानिएको छ। जस्तो कि कुनै एक सानो अस्पताल, जहाँ थोरै मात्र डाक्टर छन् तर, तुरुन्तै कसैको सर्जरी गहिाल्नु पर्ने अवस्था भयो । यस्तो बेलामा धेरै कोश टाढा भएका अन्य विज्ञ डाक्टरसँग लाभइमा रहेर सर्जरी गर्न सकिनेसम्मको काम हुने अनुमान गरिएको छ । किनभने अहिलेका इन्टरनेट त्यो गतिमा छैन तर फाइभजीले आपत्कालिन अवस्थामा काम गर्न सकिने गतिमा इन्टरनेट उपलब्ध हुनेछ। उपकरण पनि त्यसैअनुसार उपलब्ध हुनेछन्।

थ्रिजी प्रिन्टिङ, डिजाइनमा यसले ठूलो सहयोग गर्नेछ। बिरामीको सुविधाको लागि ड्रोन एम्बुलेन्सको प्रयोग हुनेछ। टेलिमेट्री, मेडिकल रेकर्डलगायतका काममा यसको सहयोग हुनेछ । अहिले लामो समय लागिरहेको एमआरआइ गर्न केही मिनेट मात्रै लाग्नेछ।

फाइभजीले अस्पतालका काम र स्वास्थ्य सम्बन्धी विषयलाई थप सहज बनाउनेछ। एजेन्सीकाअनुसार नोकिया कम्पनीले फिनल्याण्डमा सन् २०१६ देखि ‘फाइभजी अस्पताल’ सञ्चालन गरिरहेको छ।

सुरक्षा व्यवस्थामा सहयोगी:
प्रहरी प्रशासनलाई सुरक्षा उपकरण प्रयोग गर्न फाइभजीको प्रयोगले सहयोग मिल्नेछ । एचडी क्यामरा जडान गर्न, विभिन्न ठाउँका मोनिटर गर्न फाइभजीले सहयोग गर्नेछ। उच्च गति र शक्तिशाली ड्रोनको प्रयोग गर्न सकिने छ। आपत्कालिन अवस्थामा जहाँ गाडी दौडेर छिटो पुग्न सक्दैन त्यस ठाउँमा आकासबाट ड्रोन पठाएर सुरक्षा अवस्थालाई तत्कालै हेर्न सकिनेछ। सहरलाई सुरक्षित र स्मार्ट बनाउने फाइभजीको ठूलो भूमिका हुनेछ।

अरु जेनेरेसन के–के थिए ?
मोबाइलका अन्य जेनेरेसन भनेका फस्र्टजी, टुजी, थ्रिजी र फोरजी हुन् ।

वानजी (1G):
तारविहिन मोबाइल सेवाको पहिलो पुस्तालाई वानजी भनेर बुझिन्छ । पहिलो पटक १९७९ मा जापानबाट सुरु गरिएको हो। सन् १९८० को दशकमा यसले उपभोक्तामाझ एनालग भ्वाइसको सुविधा ल्यायो। यसमा अध्याधिक आवाज सुन्नमा समस्या थियो।

टुजी (2G):
यसले डिजिटल भ्वाइसको सुरुवात गर्‍यो । जस्तो कि जिएसएम मोबाइल र सिडिएमए। यो व्यावसायिक सुरुवात १९९१ म फिनल्याण्डबाट गरिएको हो। यसमा डाटा ९.६ केविपिएससम्मको गतिमा चल्थ्यो। यही जेनेरेसनबाट टेक्स्ट म्यासेज पठाउन सकिने सुविधा विकास गरियो, पछि यसको थप अपग्रेड गर्दै २.५जी र २.७५जी अर्थात जिपिआरएसको विकास गरियो।

थ्रिजी (G) :
यसले मोबाइल डाटाको सुरुवात गर्‍यो। सन् २००२ देखि सुरु भएको थ्रिजीमा डाटाको गति थप बढ्यो। यसमा वेभ ब्राउजिङ, उच्च सुरक्षा र इन्टरनेसनल रोमिङको सुविधा थपियो।

फोरजी (4G) LTE:
यसले मोबाइल इन्टरनेटको नयाँ युगको सुरुवात गरिदियो। अहिले नेपालमा मुख्य सहरमा उपलब्ध भएको पछिल्लो प्रविधि फोरजी मोबाइल इन्टरनेट हो। सन् २००० देखि यसको परिकल्पना गरिए पनि सन् २०१० देखि मात्र व्यवसायिक सुरुवात भयो। फोरजीले फिक्स इन्टरनेट जस्तै पूर्ण नेटवर्कको सुविधा दिन सफल भयो। -(विभिन्न एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here