एजेन्सी/रगत चिल्लोपदार्थको मात्रालाई कोलेस्टेरोल भनिन्छ। तर बुझ्नुपर्ने तथ्य सबै कोलेस्टेरोल हानिकारक हुँदैनन्। शरीरमा कुल कोलेस्टेरोल, हाई डेन्सिटी लिप्रोपोसन (एचडिएल) र लो डेन्सिटी लिप्रोपोसन (एलडिएल) र बोसोको मात्रा ट्राइग्लाइसाइड हुन्छ। यो शरीरमा २ सय मिलिग्रामभन्दा बढी भए कोलेस्टेरोल हुन्छ।

३ सय ५० मिलिग्रामभन्दा बढी अथवा १ सय ६० मिलिग्रामभन्दा कम कोलेस्टेरोलको अवस्था खतरनाक मानिन्छ। ७५ प्रतिशत कोलेस्टेरोल कलेजो तथा अन्य कोषले बनाउँछन् भने २५ प्रतिशत खानाबाट प्राप्त हुन्छ।

कोलेस्टेरोल शरीरभित्रको चिल्लोपदार्थ हो, जुन चिल्लोपदार्थ, प्रोटिन तथा ग्लुकोज मिलेर बनेको हुन्छ। यसले खानासँगै सेवन गर्ने बोसो वा चिल्लोलाई टुक्र्याउने काम गर्छ। यसले भिटामिन ‘डी’सँग मिलेर महत्वपूर्ण हर्मोनसमेत उत्पादन गर्छ।

ठिक्क कोलेस्टेरोलले नयाँ कोषिका बनाउन र स्‍न्यायुलाई तातो, चिसो वा अन्य बाहिरी खतराबाट सुरक्षित राख्‍न र हर्मोन उत्पादन गर्न मद्दत गर्छ। तौल जति बढि भयो शरीरले त्यति नै कोलेस्टेरोल पैदा गर्छ। विज्ञका अनुसार प्रत्येक एक किलोग्राम तौल बढ्दा शरीरको कोलेस्टेरोल झन्डै २ प्वाइन्टले बढ्छ।

कोलेस्टेरोलले अधिकांश अवस्थामा लक्षणविना पनि कडा तथा साँघुरो रक्तनलीका कारण रक्तसञ्‍चार अवरुद्ध भई हृदयाघातको जोखिमदेखि मतिष्कघात, उच्चरक्तचापसमेतको सृजना गर्छ।

विश्‍व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सन् २०२० सम्ममा मुटुरोग मृत्युको प्रमुख कारण हुने घोषणा गरिसकेको छ। विश्‍वभर मुटुको रक्तनली साँघुरो भएर देखापर्ने समस्या क्रोनरी आर्टरी डिजिजबाट प्रत्येक वर्ष ७० लाखभन्दा बढीको ज्यान जान्छ। मुटुको नसा साँघुरिने प्रमुख कारण उच्च कोलेस्टेरोल हो।

यो सन्दर्भमा कोलेस्टोरलका जोखिम जानेर परिवर्तित जीवनशैली, कम चिल्लो सेवन, व्यायामबाट यसलाई घटाउन लाग्‍नुपर्छ।

कोलेस्टेरोल घटाउने उपाय:
– बोसो नभएको मासु नखाने।
– घिउमा बनाइएका खाना कम खाने।
– लसुन खाने।
– कफी र चुरोट नखाने।
– काँचै खान मिल्ने तरकारी खाने।
– तेल, घिउ, मखन, बोसो कम गर्ने।
– ३ हप्तासम्म दिनभर डेढ कप गेडागुडी खाँदा कोलेस्टेरोल २० प्रतिशतले कम हुन्छ।
– दिनमा दुईवटा गाजर खाने।
– व्यायाम गरी शरीरको तौल घटाउने।
– कलेजो, गिदी, मिर्गौला आदि नखाने।
– चकलेट तथा आइसवरफ नखाने।
– बढी नुन­चिनी भएका खाना नखाने।
– रातो मासु नखाने।
– मकै, भटमास एवम् जैतुनको तेल सेवन गर्ने।

चिकित्सकहरुका अनुसार कोलेस्टेरोल बढी हुँदा रक्तनली साँघुरो र दरो भएर मुटुमा रक्तसञ्‍चार ढिलो हुन्छ। यसको मात्रा बढी हुँदा नसा र मुटुको धमनीको भित्री भागमा टाँसिन्छ। कोलेस्टेरोल अति उच्च भएको अवस्थामा छाती दुख्छ र श्‍वास फेर्न गाह्रो हुन्छ।

हरियो तरकारी र फलफूल बढी तथा चिल्लो र मासु कम प्रयोग गर्नाले कोलेस्टोरल घट्छ। पोलिस्याचुरेटेड फ्याटी एसिड भएका खाना माछा, बदाम, ओखर (नरिवलबाहेक) पनि राम्रो मानिन्छ।

विज्ञका अनुसार महिलाको यौन हर्मोन इस्ट्ररोजेनले राम्रो कोलेस्टेरोल बढाउने भएकाले पुरुषमा भन्दा महिलामा राम्रो कोलेस्टेरोलको मात्रा बढी हुन्छ। महिनावारी बन्द भएपछि भने खराब कोलेस्टेरोल तथा ट्राइग्लेसेराइड बढ्ने सम्भावना बढी हुन्छ।

आमाबुबालाई हृदयाघात भएका बच्चामा रक्तनली साँघुरो हुने सम्भावना भएकाले उनीहरूले सानै उमेरदेखि मोटोपन नियन्त्रण गर्नुपर्ने, धूमपान गर्न नहुने, सक्रिय जीवनशैली अपनाउनुपर्ने, घिउ, बोसोलगायत चिल्लोपदार्थको सेवन कम गर्नुपर्ने हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here