फाईल फोटो

हेटौंडा, १ असोज/पाँचौ संस्करणको केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिता आज बुधबारबाट हेटौंडा १७ हटियामा सुरु हुँदैछ ।

हटिया स्पोर्टस् एकेडेमीको आयोजनामा केशवलाल श्रेष्ठ स्मृति पाँचौं जिल्लास्तरीय भलिबल प्रतियोगिता–२०७६ हुन लागेको हो । हटियाको नेपाल चौरमा असोज ४ गते समापन हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ ।

१३ टिमले सहभागिता जनाउँने प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ४० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै विधागत उत्कृष्ट खेलाडीलाई २ हजार र सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिए ।

यसैगरी हरेक वर्षझै यसबर्ष पनि एकजना खेल पत्रकारलाई स्वर्गीय पदमकुमारी राउत स्मृति ट्रष्टबाट नगद ७ हजार रुपैयाँसहितको सम्मान गरिने अध्यक्ष सुवेदीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here