बुधबार पाँच खेल सम्पन्न

हेटौंडा, १ असोज/पाँचौ संस्करणको केशबलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिता हेटौंडा १७, हटियामा बुधबारबाट सुरु भएको छ । 

प्रतियोगिता अन्तर्गतको बुधबारको पहिलो खेलमा पशुपति स्पोर्टस् क्लब हेटौंडा १६ लाई हराउँदै मनहरी गाउँपालिका भलिबल क्लब बिजयी भएको छ । मनहरीले २५–१८ र २५ २३ को सोझो सेटमा पशुपति स्पोर्टस् क्लबलाई हराएको हो । 
यस्तै दोश्रो खेलमा हेटौंडा वडा नम्बर १२ लाई पराजित गर्दै थाहा नगरपालिका बज्रबाराही बिजयी भएको छ । बज्रबाराहीले २५–२०र २५–७ को सोझो सेटमा वडा नम्बर १२ लाई पराजित गरेको हो । 
यसैगरी प्रतियोगिताको तेस्रो खेलमा गढि गाउँपालिका भलिवल क्लब बिजयी भएको छ । गढिले निब्टा भलिबल कलब निबुवाटारलाई २५–१७ र २५ १७ को सोझो सेटमा हराउँदै जीत हाँसिल गरेको हो । 

चौथो खेलमा बकैया गाउँपालिका भलिबल क्लब अनुपस्थित हुँदा बाई पाएर सोझै रमनटार भलिबल क्लबले खेल जितेको छ भने पाँचौं खेलमा पनि थाहा नगरपालिका आग्राले सोझो सेटमा पशुपति स्पोर्टस् क्लबलाई हराएको छ । आग्राले २५–१८ र २५–१७ को सेटमा पराजित गरेको हो ।

असोज ४ गतेसम्म हुने प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ४० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

यस्तै विधागत उत्कृष्ट खेलाडीले २ हजार र सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । हरेक वर्षझै एक खेल पत्रकारलाई स्वर्गीय पदमकुमारी राउत स्मृति ट्रष्टबाट नगद ७ हजार रुपैयाँसहित सम्मान गरिने हटिया स्पोर्टस एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुने टाढाका टिमहरुलाई आयोजकले आवासको व्यवस्था समेत गरेको प्रतियोगिता संयोजक कमल बिडारीले जानकारी दिए । प्रतियोगिताको लागि ४ लाख ४० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here