एजेन्सी/नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आगामी संस्करणको अष्टे«लियन क्रिकेट लिग विग बास पनि मेलबर्न स्टार्सबाट नै खेल्ने भएका छन् ।

डिसेम्बर १७ देखि सुरु हुने लिगमा सन्दीपले मेलबर्न स्टार्सबाट नै खेल्ने भएका हुन् । उनले गत संस्करण पनि मेलबर्न स्टार्सबाट नै खेलेका थिए ।

सन्दीपका म्यानेजर रमन सिवाकोटीका अनुसार उनी मेलबर्न स्टार्सबाट खेल्ने पक्का छ । यद्यपि सम्झौता हुन भने बाँकी छ । दुई दिनमा सम्झौता हुने म्यानेजर सिवाकोटीले बताए ।

सन्दीपले गत वर्ष विग बासमा मेलबर्नबाट ८ खेल खेल्दै ११ विकेट लिएका थिए । सन्दीप हाल क्यारेवियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । उनले आज बिहान सम्पन्न खेलमा शानदार प्रदर्शन गर्दै ३ विकेट लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here