हेटौंडा, २४ भदौ/वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसरमा मंगलबार हेटौँडामा रक्तदान भएको छ ।

कोइराला सेवा समाज मकवानपुरको संयोजन तथा वीपी बिचार समाज मकवानपुरको आयोजनामा हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री सशांक कोइरालाको प्रमुख आतिथ्यता एवं समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षतामा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ, जिल्ला उपसभापति विष्णुप्रसाद लामिछाने, समाजका केन्द्रीय अध्यक्ष केदारनरसिंह केसी, कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here