हेटौंडा, २३ भदौ/३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले ३ नम्बर प्रदेशले २ वर्षदेखि स्थायी राजधानी र नाम तोक्न नसक्दा सांसद भन्नै लाज लागेको बताउनुभयो ।

राजधानी र नामाकरणमा सत्ता पक्ष र प्रतिपक्ष नहुने भन्दै नेता बानियाँले लामो समयसम्म अनिर्णयको बन्दी बनाउन नहुने बताउनुभयो ।

प्रदेशसभाको सोमबार भएको बैठकमा विशेष समय लिएर बोल्दै नेता बानियाँले नेपालभरी डैंगु रोगबाट ७० हजारभन्दा बढी संक्रमित भएको बताउँदै ३ नम्बर प्रदेश सरकारले तत्काल रोकथाम र सचेतना कार्यक्रम गरी आम जनतालाई शुसुच्चित गर्न आग्रह गर्नुभयो ।

प्रतिपक्ष दलका नेता बानियाँले चट्याङबाट ३ नम्बर प्रदेशको सबैभन्दा बढी मकवानपुर जिल्ला प्रभावित र धेरै जनताहरुको मृत्यु भैसकेकोले चट्याङ न्युनिकरण गर्नका लागि विज्ञ बोलाएर प्रविधिको खोजी गर्दै चट्याङमुक्त क्षेत्र बनाउन आग्रह गर्नुभयो ।

नेता बानियाँले भीमफेदी गाउँपालिका ८ का वडा अध्यक्ष जगतमान घिसिङ ५ महिनादेखि डिभी परेर परिवारसहित अमेरिकामा गएर बसोबास गरिरहेको र राजिनामा पत्र गाउँपालिकामा पठाईसकेकोले आगामी उपनिर्वाचनमा सहभागी गराई जनप्रतिनिधिले जनताको काम गर्ने बाताबरण सिर्जना गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी बानियाँले कृषिमा गरिव, विपन्नलाई अनुदानमा सहुलियत र खुकुलो बनाई गरिव जनतालाई कृषिमा आत्म निर्भर बनाउँदै विदेश जानुपर्ने बाध्यतालाई कम गर्न आग्रह गर्दै अविरल वर्षातबाट मृत्यु भएका र पीडितहरुले अहिलेसम्म उचित क्षतिपूर्ति दिन नसकेकोले तत्काल प्रदेश सरकारले क्षतिपूर्ति र राहात उपलब्ध गराउन आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here