काठमाडौं २३ भदौ/डेढ किलो सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन् ।

सोमबार मध्यान्न १२ बजेको समयमा कतारबाट नेपाल आउँदै गरेका होम बहादुर गुरुङलाई अध्यागमन विभागले पक्राउ गरेको विभागका एक कर्मचारीले जानकारी दिए ।

कतारबाट हिमालय एयरलाइन्सको जहाजमा त्रिभुवन विमास्थल उत्रिएका होमबहादुर गुरुङ अवैध सुनसहित पक्राउ परेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको हो।

मसला पिँध्ने ओखलमा लुकाएर ल्याएको अवस्थामा उक्त परिमाणमा सुन बरामद गरिएको भन्सार स्रोतले नेपालखबरलाई जानकारी दिएको छ। त्यस्तै उक्त सुन लिन गएका अन्य दुई जनालाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको छ। अन्य दुई जनाबारे खुल्न बाँकी छ। प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

केही दिनअघि पनि मासु काट्ने छुरीको बिँडमा लुकाएर ल्याएको अवस्थामा चार सय ८० ग्राम सुन बरामद भएको थियो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here