हेटौंडा, २२ भदौ/फोर्स मोटर्सको आयातकर्ता आयाम इन्टरकन्टिनेन्टल प्रालिले हेटौंडामा आधिकारिक स्वरुमको सुभारम्भ गरेको छ ।

हेटौंडा र आसपासका क्षेत्रमा फोर्स गाडीको सुविधा उपलब्ध गराउने उद्देश्यले स्वरुम सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष ध्रुवबहादुर थापाले बताए । आइतबार मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुवबहादुर थापाले हेटौंडा–४ सानोपोखरामा रहेको स्वरुमको उद्घाटन गरेका हुन् ।

विगत ५ वर्षदेखि हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा फोर्स गाडीको आयात तथा बिक्री गर्दै आइरहेको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे ट्रयाक्स क्रुजर जीप बिक्री गर्दै आइरहेको छ । साथै कार्गो किङ्ग पिकअप, ट्राभलर बस, मिनी बसहरु तथा एम्बुलेन्स पनि बजारमा बिक्री गरिरहेको जनाएको छ ।

देशभरका २२ वटा डिलर तथा सर्भिस नेटवर्कबाट फोर्स बिक्री भइरहेको प्रबन्ध निर्देशक निरन केसीले बताए । गाडीको काठमाडौंको गैरिधारामा र पोखराको चाउथेमा आफ्नै स्वरुम पनि रहेको उनले बताए ।

फोर्सले चाडपर्वको अवसरमा ग्राहकलाई विशेष छुटको योजनासमेत ल्याएको छ । फोर्स गाडी किन्ने ग्राहकले करिब चार लाखसम्मको छुट तथा विशेष उपहारहरु प्रदान गर्न सुरु गरेको प्रालिले जनाएको छ । गाडीहरुमा तीन लाख किमि वा तीन वर्षको वारेन्टी सुविधासमेत दिइएको हेटौंडा शाखाका प्रबन्धक विशाल भण्डारीले बताए ।

आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुवबहादुर थापाको अध्यक्षतामा भएको हेटौंडा स्वरुप उद्घाटन कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटौंडा अटोमाबाइल एशोसिएसनका अध्यक्ष सागर सापकोटा, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक हरिविष्णु ढकाल, लायन्स क्लव अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का भाइस गभर्नर शम्भु नकर्मी, डिष्ट्रिक कोचिफ एभडभाइजर राम श्रेष्ठ, हिमालयन अर्गनाइजेशनका प्रबन्ध निर्देशक मिलन थापा, डाइरेक्टर सौरव थापा, आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक निरन केसीलगायतको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here