थाहा, २२ भदौं/अन्र्तराष्ट्रिय शाक्षरता दिव तथा ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा थाहा नगरपालिकाले ४ जना शिक्षकलाई सम्मान गरेको छ ।

थाहा नगरपालिकाका मेयर लवशेर विष्टको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा स्वेच्छिक अवकाश पाउन लागेका मत्स्यनारायण माविका शिक्षक दीपेन्द्रराज प्रधान, सरस्वती निमावि पालुङका राजेश शर्मा पौडेल, जनकल्याण माविका भुपेन्द्रकुमार हमाल ठकुरी र ध्रुवसिं विष्ट रहेका छन् ।

सम्मानित हुने शिक्षकहरुले जनही १/१ लाख रुपियाँ नगदसहित कदरपत्र र दोसल्लाले सम्मानित गरिएको थियो । त्यसैगरी थाहामा उत्कृष्ट सामुदायिक विद्यालयहरुमा सुनौला मावि, स्वछन्दभैरव मावि चित्लाङ भएका छन् । उनीहरुले क्रमशः ७५ हजार ५० हजार रकमसहित सम्मान पत्र पाएका थिए ।

त्यसैगरी संस्थागत विद्यालयतर्फ इअन बोर्डिङ स्कुल र पालुङ बोर्डिङ स्कुल, उत्कृष्ट विषयगत शिक्षकमा अंग्रेजी शिक्षक कुमार मिजार, नेपाली शिक्षक सरिता कार्की, विज्ञान शिक्षक ओमप्रकाश पण्डित र सामाजिक शिक्षक मिना महर्जन सम्मानित भएका थिए ।

त्यसैगरी सम्मानित हुने विद्यार्थीहरुमा सुनौला माविका निशान्त बलामी, झम्केश्वरी माविका सामेल भोम्जन र प्रमोद गोले, बज्रबाराही माविका सुशान्त विडारी, पालुङ बोर्डिङ स्कुलका गौरव कार्की र आशिष श्रेष्ठ, इअन एकेडेमीका जनकलाल थिङ, रेविका गोपाली र स्प्रिया आचार्य, जनकल्याण माविका अम्बिका अधिकारी, आस्था अधिकारी, रोहिणी स्याङतान्, अस्मिता खड्का, नविना धमाल र प्रशन्ना प्रधान तथा हिमालय बोर्डिङ स्कुलका सुजिता प्रधान भएका थिए ।

थाहानगरपालिका ३ को विकासघरमा भएको कार्यक्रममा सुनौला माबिका प्रधानाध्यापक कृष्णप्रसाद लामिछाने, उत्कृष्ट बिधार्थीको तर्फबाट सामेल भोम्जनलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here