हेटौंडा, २० भदौ/हेटौंडा–१ भैरवडाँडामा रहेको भैरव आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।

एक कार्यक्रमकाबीच शुक्रबार हेटौंडा–१ मा रहेको ग्लोबल बालुवा उद्योगका सञ्चालक राज मैनाली ‘दिनेश’ ले विद्यालयमा अध्ययनरत ६३ जना विद्यार्थीलाई ६० दर्जन कपी, ६० दर्जन कलम सहयोग गरिएको हो ।

हेटौंडा–१ नम्बर वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा शैक्षिक सामाग्री वितरण कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै वडाध्यक्ष न्यौपानेले वडाका विद्यार्थीको शिक्षाको विकासको लागि ग्लोबल बालुवा उद्योगले सहयोग गरेकोमा धन्यवाद दिए ।

मैनालीले पनि आफूले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण पुडासैनी, सदस्य कृष्णबहादुर विक, विद्यालयका प्रधानाध्यापक रमेश सुबेदी, स्थानीय श्याम सुनारलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here